FAQs Complain Problems

समाचार

News and Notices

सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

यस शंखारापुर नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृदिको मिति २०७५/०६/१५ गते १ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो | प्रमुख अतिथि शिक्षाविद प्रा. डा. बेदनाथ कोइरालाको ( उच्च स्तरीय शिक्षा आयोगको सदस्य)  उपस्थितिमा सम्पन्न्न सो कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल, विधिन्न विद्यालयका प्र.अ.,शिक्षक आदिको सहभागिता रहेको थियो | उत्कृष्ट सामुदायिक विद्यालयहरु श्रि ज्ञानोदय मा.वि. बाफल काठमाण्डौ, श्री पद्म मा.वि. भक्तपुरको  अवस्था, गरिएको प्रयास तथा उत्कृष्ट कार्यहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा यस नपा भित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर के कसरि सुधार गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया भएको थियो | 

शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

यस शंखारापुर नगरपालिकाले आ.वा. २०७४/०७५ मा सम्पन्न गरेका विविन्न योजना तथा कार्यक्रम तथा अन्य समसामायिक विषयहरुको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ | मिति २०७५/०२/३१ गते सम्पन्न भएको कार्यक्रम मा विभिन्न क्षेत्रबाट आम सर्बसाधारणहरुको उपस्थिति रहेको थियो |

 

स्वतः प्रकाशन सुचना विवरण

स्वतः प्रकाशन सुचना विवरण हेर्नको लागि तल क्लिक गर्नुहोला 

Supporting Documents: 

शंखरापुर नगरपालिकाको नगर सभा हुने सम्बन्धमा

यस नगरपालिकाको आ.व. २०७४/०७५ को नगर सभाको दोस्रो बैठक मिति २०७४/१०/३ गते हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ |

Pages